१४ जेष्ठ २०७९, शनिबार २०:५१
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत ज्येष्ठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे लगत्तै सांसदहरूको बहुमतले पारित गरे । यस अघि सांसदहरू भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राख्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो ।








































प्रतिकृया दिनुहोस्