sf7df8f}F, !% h]7 M
cy{dGqL zdf{åf/f ah]6 jfrg ;'?
cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;
सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।
अब ५ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत मात्रै कर
सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सरकारले आउँदो आर्थिक वर्षमा पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेको हो । यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने छ । अहिलेको व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।
सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो
सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।आइतबार संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ गतेदेखि लागू हुने गरी हरेक सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने बताउनुभयो ।सरकारले गतवर्ष पनि २ हजार रुपैयाँका दरले कर्मचारीको तलब वृद्धि गरेको थियो ।
खाना पकाउने ग्यासमा दिइँदै आएको अनुदान घटाउँदै लगिने
सरकारले आउँदो आर्थिक वर्षदेखि खाना पकाउने एलपी ग्यासमा दिइँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने बताउनुभएको हो । यसो गर्दा ग्यासको खपत कम भइ विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने शर्माले बताउनुभयो । अहिले सरकारले एक सिलिन्डर ग्यासमा आठ सय रुपैयाँ अनुदान दिँदै आएको छ ।
अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब २४ अर्ब रुपैयाँ छुट्याइयो
सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्ध भत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको छ । यसअघि ७० वर्षमा दिँदै आएको भत्ता अब ६८ वर्षमै दिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बताएको छ ।
आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा
सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ ।सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।आगामी वर्षका लागि आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । उनले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गरेका छन् ।
शिक्षामा झन्डै २ खर्ब रुपैयाँको बजेट, ६ कक्षासम्मका विद्यार्थीले दिवा खाजा पाउने
सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई पनि जोड दिएको छ । आर्थिक वर्ष २०७९र८० को लागि शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकातर्फ गरी झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा क्षेत्रतर्फ प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र पालिकामा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ ।
शिक्षामा पहुँच विस्तार गर्ने, तथ्य र विज्ञानमा आधारित शिक्षाको प्रवर्द्धन गरिने, प्रदेश र पालिकाको सहकार्यमा रोजगारीमूलक जीवनोपयोगी शिक्षा प्रदान गरिने उल्लेख छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसाययिक ज्ञान र सीप प्रदान गरिने बजेटमा उल्लेख छ ।अहिले एक सय ४० वटा विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम थप एक सय वटा विद्यालयमा विस्तार गरिने उल्लेख छ । यस्तै मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न मेडिकल कजेल स्थापना गरिने बजेटमा उल्लेख छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आउँदो वर्ष एक हजार दुई सय विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्न आठ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ ।दिवा खाजा कार्यक्रमलाई क्रमश कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यसहित आउँदो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिइने बजेटमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट
सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बजेटबारे जानकारी गराउनुभएको हो । कुल बजेटमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ, प्रदेशमा ६ अर्ब ३६ करोड रुपैयाँ र पालिकाका लागि २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । सरकारले सुत्केरीलाई पोषण भत्ता, ४० वर्ष नाघेका नागरिकको स्वास्थ्य परीक्षण, एक चिकित्सक एक अस्पताल लगायतका लोकप्रिय कार्यक्रम अघि सारेको छ ।
कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट
सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभएको हो । यसमा कृषि सङ्कलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्बुलेन्सको व्यवस्थापन, कृषि बीमा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् । सरकारले उखु किसानलाई सहुलियत दिनका लागि ८१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ ।बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।
चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्ने ३ द्रुतमार्ग बनाउने सरकारको घोषणा
सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे ।यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।चितवनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र समेत छ ।








































प्रतिकृया दिनुहोस्