पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आ।व। २०७९÷८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आउन नसकेको बताएका छन् । संसदमा आ।व। २०७९र८० को बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष भट्टराईले रुपान्तरणकारी ढंगका योजनाहरु आउन नसकेको बताएका हुन् ।
उनले ६८ वर्षमा वृद्ध भत्ता दिने घोषणाको विरोध गर्दै आफूपनि वृद्धभत्ता नलिने घोषणा गरे । उनले भने, ‘प्रशासनिक सुधारका सामान्य सुधार त छन्, तर हाम्रो ब्युरोक्रेसी, न्याय प्रशासन विकासमैत्री छैन । यसलाई परिवर्तन गर्ने ढंगका जुन रुपान्तरणकारी ढंगका योजना आउनुपथ्र्यो त्यो पनि आएका छैनन् । सामाजिक सुरक्षा जस्ता विषयहरुमा पनि निरन्तरताका कुरा छन् । एउटा कुरा मैले भन्नैपर्छ, म पनि अब ६८ वर्ष पुग्दैछु । यो घटाउनु आवश्यक थिएन । मेरो विचारमा यस्तो छरिएका सामाजिक सुरक्षा भत्ताभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपथ्र्यो । पुरानै ढंगले आयो त्यसैले स्वेच्छाले म यो ६८ वर्ष पास गरिसकेको मान्छे हुनाले त्यो वृद्ध भन्दा मैले पनि पाउने भए म यो गरिब देशको वृद्धभत्ता ग्रहण गरेर जनतामाथि बोझ थोपर्न चाहन्न । त्यो म नलिने घोषणा गर्दछु ।’
प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको बताए । बजेटले वित्तिय अनुशासन कायम गर्न नसकेको बताए । उनले गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको बताए । उनले भने, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन । कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । आर्थिक संकटलाई सम्बोधन गर्न सकेन । वित्तिय संकटहरुलाई सम्बोधन गर्न सकेन । विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो गर्न सकेन । वित्तिय अनुशासन कायम गर्न पनि सकेन । स्वास्थ बिमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भिर खेलवाड ग¥यो । सामाजिक सुरक्षाको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, आर्थिक उत्पादनको क्षेत्रमा र वित्तिय विचलन भएको क्षेत्र र हामीले भुक्तानी सन्तुलनलाई कायम गर्ने सन्दर्भमा समेत सम्बोधन गर्न सकेन । बेरोजगारलाई रोजगार दिन सक्ने कुरा पनि केही गरेन । यसले गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न सकेन ।’
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचनलाई केन्द्रीत गरेर पपुलिष्ट बजेट ल्याइएको बताए । बजेट कार्यान्वयन गर्न गाह्रो हुने र कुनैपनि कुरा पुरा नहुने उनले बताए । नेकपा ९एमाले०का सांसद भीम रावलले बजेटले उपभोग नहुने बस्तुहरु आयात रोक्ने कुरा नगरेको बताए । कार्यक्रम कार्यान्वयन गर्ने क्षमता सरकारसँग नभएको उनले बताए । नेकपा ९माओवादी केन्द्र०का सांसद वर्षमान पुनले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । बजेटले उत्पादनमुखि अर्थतन्त्रतिर लगेको उनको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, उर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वका साथ अगाडी बढाएको बताए । अन्तर्राष्ट्रिय व्यापार असन्तुलनलाई पाँच वर्षभित्र अन्त्य गर्न जोड दिएको पनि उनले उल्लेख गरे । बजेटले मुलुकको अर्थतन्त्रमा देखा परेको समस्यालाई सम्बोधन गर्ने उद्देश्य राखेको उनले स्पष्ट पारे । उनले बजेट सकारात्मक र कार्यान्वयन योग्य भएको बताए । नेकपा ९एमाले०का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गरे । सरकारले आफ्नो सिमा र हैसियत बिर्सेर बजेट ल्याएको उनको भनाइ छ । उनले अर्थमन्त्रीको पदीय हैसियतलाई दुरुपयोग गरेर चुनावमा भोट बटुल्नका लागि मात्रै बजेट आएको बताए । उनले सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्ने बताए । निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको उनले बताए ।








































प्रतिकृया दिनुहोस्