प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिनु भएको छ । फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहनेभन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालिन समाधान खोज्न भन्नुभएको छ ।
२६ जेष्ठ २०७९, बिहीबार २०:५८
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेरि भेटवार्ता गर्नुभएको छ ।
आज बिहीवार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरूबीच फोहोर सम्बन्धी समस्याको समाधान र चलिरहेको अवस्थाबारे छलफल भएको हो ।
यसअघि गएको जेठ १८ गते पनि उहाँहरूबीच भेट भएको थियो । त्यो भेटवार्तामा देउवाले काठमाण्डौ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको थियो ।
अहिले काठमाण्डौको फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको छ । फोहोर व्यवस्थानमा विभिन्न माग राख्नै बञ्चरेडाँडाका बासिन्दाले अवरोध गर्दै आएका छन् । फोहोर व्यवस्थापनको विषयमा भोलि शुक्रवार स्थानीयवासीसँग छलफल हुने भएको छ ।








































प्रतिकृया दिनुहोस्