२६ जेष्ठ २०७९, बिहीबार २१:००
त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खोल्नुपर्ने माग गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले त्रिविमा पाँच महिनादेखि लगाएको ताला खोल्नुपर्ने माग गर्दै अनेरास्ववियुले आज बिहीवार त्रिविमा प्रदर्शन गरेको हो । उनीहरूले बन्द सधैँका लागि बन्द गरौँ‚ तालाबन्दी सधैँका लागि बन्द गरौँ, गुन्डागर्दी अन्त्य गर लगायतका नारा लेखिएका ब्यानर र प्ले कार्ड बोकेका थिए ।
हिजो बुधवार अनेरास्ववियुले विज्ञप्ति निकालेर प्रशासनले ताला नखोले आफूहरूले तोड्ने चेतावनी दिएको थियो । उनीहरूले गृहमन्त्रीकै संरक्षणमा विश्वविद्यालयलाई बन्धक बनाउने काम भएको भन्दै चर्को आलोचना गरेका छन् ।








































प्रतिकृया दिनुहोस्