बीसहजार जेसीजको आयोजनामा भरतपुरमा शेयर कारोबार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।
शेयर बजारमा प्रवेश गर्न चाहानेहरूको लागि प्राथमिकतामा राखेर जेसीजले अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा शेयर बजारमा चासो रहेकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
शेयर बजारका विज्ञ दीपक गौतमले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले शेयर बजारको शुरुवाती चरण आईपियो भर्नेदेखि सेकेन्डरी बजारमा कसरी प्रवेश गर्ने र शेयर बजारका सम्भावना र जोखिमको बारेमा प्रशिक्षित गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष जेसी सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले शेयर बजार मानव जीवनको लागि महत्वपूर्ण ज्ञान भएको वताउनुभयो । मानव भएर अस्तित्वको लागि सङघर्ष गर्नुपर्ने उहाँको तर्क छ ।
कार्यक्रममा बीसहजार जेसीजका पुर्व अध्यक्ष एवं पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी जनक घिमिरे, सोही जेसीजका पुर्व अध्यक्ष सन्तोष मजाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
बीसहजार जेसीजका बर्ष 2022 का अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
बीसहजार जेसीजकी उपाध्यक्ष जमुना पौडेलको संयोजकत्वमा भएको कार्यक्रम महासचिव विजय न्यौपानेले सहजिकरण गर्नुभएको थियो । 








































प्रतिकृया दिनुहोस्