११ असार २०७९, शनिबार १४:१५
भरतपुर अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी हुन थालेको छ । बिहिवार पार्किङ स्थलबाट २ वटा मोटरसाइकल चोरी भएको छ । हराएको मोटरसाइकल मध्ये एउटा ना.३४ प ७०७० नम्बरको रातो र कालो रङको १५० सि.सिको पल्सर र अर्को बाग्मती प्रदेश ०३-०४-प ४७१८ नम्बरको हरियो रङको बुलेट मोटरसाईकल छ ।
पार्किङ स्थलमा २ वटा सिसिटिभि क्यामेरा छ । बाईक धनीले सिसिक्यामेरा फुटेज हेर्न खोज्दा दुवै क्यामेरा बिग्रेको पार्किङ स्थलको कर्मचारीले बताएका छन ।
हराएका वाईका धनीमध्येका एकले अस्पतालकाे गेटमा रहेकाे सि.सि.टि.भि. ले काम नगर्नु कस्काे लापरबाही हाे? सि.सि.टि.भि cctv देखाउनकाे लागि मात्र हो? भनि प्रश्न गर्नुभएको छ ।
अस्पताल प्रशासनले शुल्क सहितको पार्किङको ब्यबस्था गरिदिएकाे भए सायद केहि हद सम्म नियन्त्रण हुने उहाँको भनाई छ ।








































प्रतिकृया दिनुहोस्