बीसहजार जेसीजको आयोजनामा अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता भएको छ । आत्मविश्वास र परिवर्तनको लागि उठौ,जागौ भन्ने विषयमा निवन्ध लेखन प्रतियोगिता भएको हो ।
प्रतियोगितामा ८ वटा विद्यालयका १६ जना विद्यार्थी सहभागि भएका थिय । विद्यार्थीहरुको लेखन क्षमता बढाउने उदेश्यले जेसीजले निवन्ध लेखनको आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले राज्यले शिक्षा निशुल्क गर्नुपर्ने वताउनुभयो । “शिक्षामा व्यपारिकरण भएको छ, विद्यार्थीहरुको भविष्य अन्योल बनेको छ ,डिग्री गरेका व्यक्ति सिरानीमुनी प्रमाणपत्र राखेर भौतारिनु पर्ने अवस्था छ यो कस्तो खालको शिक्षा प्रणाली हो ? उहाँले पश्न गर्नुभयो ।” खनालले युवा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रष्फुटन, व्यक्तित्व र नेतृत्व विकासको लागि जेसीज निरन्तर रुपमा राष्ट्रिय अभियानमा रहेको वताउनुभयो ।
कार्यक्रममा जनपृय पब्लिक स्कुलका प्रचार्य तथा जिल्ला प्याब्सनका उपाध्यक्ष भानुभक्त अर्याल, नारायणी विद्या मन्दिरका प्रचार्य श्रीनिवास पौडेल, एपेक्स एकेडेमीका सहप्राचार्य दिपक भण्डारी, सनराईज बोडीङ स्कुलका शिक्षक प्रतिनिधि सि.के बस्ताकोटी, ज्ञानदर्शन बोडीङ स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख सन्जोक मकाजु, बीसहजार जेसीजका पूर्व अध्यक्षहरु जनक राज घिमिरे र रेशम राज शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।
बीसहजार जेसीजका वर्ष २०२२ का अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विजय न्यौपानेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुको नतिजा एकहप्ता भित्र महासचिव न्यौपानले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्