sf7df8f}F, !% h]7 M
cy{dGqL zdf{åf/f ah]6 jfrg ;'?
cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;
२२ असार २०७९, बुधबार २०:५४
अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्य–तथ्य संसदमा ल्याउन आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
आज बुधवार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत दाबी गर्नुभयो । ‘मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्धतिका आधारमा बजेट निर्माण भएको छ’, उहाँले भन्नुभयो, ‘जुन किसिमले विषय उठेको छ, त्यसले नागरिकमा भ्रम परेको छ, छानबिनबाट त्यो भ्रम हट्नेछ भन्ने विश्वास छ ।’
आज प्रतिनिधि सभाले आउँदो आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्