असार ३२,
सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताउनु भएको छ ।
पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पार्नु भयो ।अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको पनि उल्लेख गर्नु भयो।
अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । दुई ठूला छिमेकी देश भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उहाँको भनाई थियो । देशको सार्वभौमिकताको रक्षा गर्न पनि भू राजनीतिले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताउनु भयो ।








































प्रतिकृया दिनुहोस्