राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु भएको छ। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता भएसँगै नागरिकता विधेयक फिर्ता हुनुपर्छ भन्ने पक्षधरले खुसीको प्रतिक्रिया र यो निर्णयको असन्तुष्ट पक्षले विरोधको प्रतिक्रिया जनाउन थालेका छन्।
यसै सन्दर्भलाई लिएर राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेसँगै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद सदस्य अजय निरालाले राष्ट्रपतिको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै यो निर्णय संविधानको भावना विपरीत भनेका छन्।
उनी भन्छन् “यो विधानको विपरीत कार्य हो । हामीलाई पूरै आशा थियो नागरिकता विधेयक पास हुन्छ, तर राष्ट्रपतिको यो कदम ठिक भएन, राष्ट्रपतिको भूमिका प्रतिपक्ष एमालेको भूमिका झैँ भयो। संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिने छैन भनेको छ । यो नागरिकता कानुनको अभावमा नेपाली नागरिकका सन्तानहरू नागरिकता पाउन सकिराखेका छैनन् । यो विधेयक फिर्ताको अर्थ उनीहरूलाई नागरिकता दिन्न भन्ने हो । त्यो भन्न राज्यले पाउँदैन । यो असंवैधानिक कदम हो ।”
‘नागरिकता विहीन कैयौँ नागरिकहरूले अब नागरिकता कसरी पाउँछन् ? निराला प्रश्न गर्छन् । संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गरिने छैन भनिएको भएता पनि नागरिकता विधेयक फिर्ता गर्नु भनेको संविधान विपरीत भएन ? त्यसको असर नागरिकहरूलाई नागरिकता नदिने भन्ने अर्थ लाग्दैन र ? राष्ट्रपतिले फिर्ता पठाएपछि पुनर्विचार संसद्ले गर्ला, त्यो अलग कुरा हो । तर, किन नागरिकता विधेयकलाई मात्रै फिर्ता गरियो ?’ उनको प्रश्न छ।
नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमले मुलुकमा गम्भीर असर पर्ने र खासगरी तराई-मधेसका समुदायमाथि यसले गम्भीर असर परेको भन्दै राष्ट्रपतिमाथि ठूलो प्रश्न खडा भएको उनको तर्क रहेको छ ।
नेपालमा नागरिकता विधेयकबारे २५-३० वर्षदेखि छलफल भइरहेको र ४० वर्षदेखि नागरिकताको राजनीति भइरहेको उनले बताए। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिको गरिमा र यस संस्थामाथि प्रश्न चिह्न खडा गरेको उनको ठम्याई छ।
निराला भने, “नेपालमा शासक वर्गले जहिले पनि एउटा समुदायलाई शंकाको दृष्टिले हेर्ने गरेको छ । राष्ट्रपतिपनि यसबाट अछुतो रहनु भएन । राष्ट्रपतिको यो निर्णयले लाखौँ जनता नागरिकताविहीन हुनु पर्ने अवस्था आउनु दुखद् मात्र होइन दुर्भाग्यपूर्ण हो। राष्ट्रपतिको यो कदमले नागरिकताविहीनहरूले अब सडक आन्दोलनमा होमिने वातावरण सृजना गरेको छ। “








































प्रतिकृया दिनुहोस्