चितवनमा नेपाल वन्दको प्रभाव सामान्य छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार सवारी साधनहरु सहज रुपमा चलिरहेका छन ।
उहाँले लामो दुरीका सवारी साधन सामान्य रुपमा चलिरहेको वताउनुभयो । अधिकारीका अनुसार छोटो दुरीका सवारी साधन भने कम मात्रामा चलेका छन । वन्दको वेलामा यात्रुहरुलाई सहज रुपमा यात्रा गराउन जिल्लामा सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ ।
बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।








































प्रतिकृया दिनुहोस्