चितवन, भदौ ८ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ चुनाव घोषणा पछि पहिलोपटक चितवन आएका छन् । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ का विभिन्न ठाउँका सडक शिलान्यासदेखि पुल उद्घाटन गर्न आज(बुधबार) चितवन आएका हुन् ।
उनी वन तथा वातावरण मन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई सहित उनी चितवन आएका छन् । उनी आज बिहान चितवन ओर्लिएका हुन् । साउन १९ गते सरकारले मंसिर चार गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने घोषणा गरेको छ । त्यसपछि प्रचण्ड चुनाव लक्षित कार्यक्रम सहित चितवन आएका हुन् ।
उनले आज ५ वटा कार्यक्रममा सहभागी जनाउने कार्यक्रम रहेको छ । माडीको बन्कट्टामा सडक शिलान्यास, बरुवा सडक शिलान्यास,रौतनेखोला पुल उद्घाटन,ट्मटा खोला तट्बन्धन शिलान्यास र पार्टीका कार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । यी कार्यक्रम चितवन क्षेत्र नं ३ काे माडी नगरपालिकामा पर्दछन् ।








































प्रतिकृया दिनुहोस्