राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे सैनिक र पूर्वसैनिक अधिकारीसँग छलफल गरेको भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । आज सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले यसो गर्नु संविधान अनुकुल नहुने बताए ।
नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक र पूर्वसैनिक अधिकारीसँग परामर्श गरेको हो भने नेपालको संविधान अनुकूल नभएको उनको भनाइ छ ।
नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार कतैपनि नदिएको दाबी गर्दै उनले चुनावको मुखमा उत्तेजना फैलाएर कुनै दललाई सहयोग गर्न खोजेको भए त्यो गलत भएको नेता भट्टराईको दाबी छ ।
राष्ट्रपति भण्डारीले सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पुनः पारित गरिदिएको छ । उक्त विधेयक बिना संसोधन दोस्रो पटक प्रमाणिकरणका लागि पुगेमा राष्ट्रपतिले प्रमाणीकरण गरिदिनुपर्छ । यसै विषयलाई लिएर राष्ट्रपति दबाबमा परेका छन् ।








































प्रतिकृया दिनुहोस्