सेन्ट्रल कलेज शहिद शिवप्रसाद पौडेल स्स्मृति फुटसल सुरु भएको छ । शहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा आज (शुक्रबार) बाट प्रतियोगिता सुरु भएको हो ।
क्षेत्रपुर फुटसल एरेनामा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका २ का वडाध्यक्ष मनोज रानाभाटले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा रानाभाटले आफ्नो राजनीतिक यात्राका सहपाठी स्व. पौडेललाई स्मरण गरे । उनले पौडेल पनि खेलकुदमा रुची राख्ने व्यक्ति भएको बताए । पौडेलले युवाहरुलाई राजनीतिमा आउनुपर्छ भनेर सधैं प्रेरित गर्ने गरेको उनले स्मरण गरे ।
मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईबी) ले शहिद शिव पौडेलको स्मृतिमा आयोजित प्रतियोगितासँग जोडिन पाउँदा खुशी लागेको बताए । सेन्ट्रल कलेजले खेलकुद गतिविधि र सामाजिक कार्यलाई सधैं प्राथमिकता दिने गरेको उनको भनाइ थियो ।
प्रतिष्ठानकी अध्यक्ष बिनु पौडेल रायमाझीले स्व. पौडेलको सम्झनामा प्रतिष्ठानले खेलकुद कार्यक्रमहरु गर्दै आएको बताईन् । क्रिकेट, फुटबलपछि यस पटक फुटसल आयोजना गरिएको उनले बताईन् । पौडेलको भौतिक शरीर नरहे पनि नाम सधैं जीवित राख्न प्रतिष्ठानले खेलकुदसँगै सामाजिक कार्य गर्दै आएको उनको भनाइ थियो ।
दुई दिनसम्म चल्ने प्रतियोगिताका २२ टोली सहभागी रहेका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहबाट एक-एक टोली फाइनल प्रवेश गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५१ हजार ५५ र उपविजेताले २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले पनि नगदसहित पुरस्कार प्राप्त गर्नेछन् ।
आजको खेलमा सहिद शिव प्रसाद पौडेल प्रतिस्ठान र द बेस्ट फ्रेन्ड्स क्लब बिचमा ५-१ को फराकिलो अन्तरमा प्रतिस्ठानले जित हात पारेको छ । आयोजक टिमका तर्फबाट एन्जिल जङ्ग कुवरले ३ गोल गर्न सफल भयका छन् भने सम्पुर्ण टिमलाइ फाइनल गेमको लागि तयारी रहन आयोजक टिमले अनुरोध गरेको छ ।








































प्रतिकृया दिनुहोस्