kf]v/f, @% j}zfvM
r'gfjL ;ef ;Daf]wg ub}{ cWoIf bfxfn
kfFrbnLo u7aGwgsf tkm{af6 r'gfjL cfd;efnfO{ cfOtaf/ kf]v/fdf ;Daf]wg ub}{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/M /f]zg ;fksf]6f÷/f;;
११ भाद्र २०७९, शनिबार २१:२५
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदाे सङ्घ र प्रदेशको चुनावमा गठबन्धन दलबीच पालिका चुनावभन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ ।
बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पालिका चुनावमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आउँदाे चुनावमा राम्रो गर्ने बताउनुभयो ।
गठबन्धन सरकारले पालिका चुनाव सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उहाँको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रुपन्देही आउनुभएको हो ।








































प्रतिकृया दिनुहोस्