नारायणगढको भृकुटिपथ टोलले बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । टोलका अध्यक्ष राजु राजकर्णिकार ८ वटा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । हाइक ब्राण्डको आइपी क्यामेराहरु जडान गरिएको बताउनुभयो । ५० मिटर टाडासम्मको दृश्य नियाल्ने, रातमा पनि रंगिन भिजुवल रेकर्ड गर्ने क्षमताका क्यामराहरु राखिएको बताउनुभयो । ५० मिटरको दुरिमा सिसि क्यामेराहरु छन् ।
भृकुटिपथको बालकुमारी चोक देखि मेनरोड सडक खण्डमा क्यामेराहरु राखिएका हुन् । भृकुटिपथमा सटिङ सुटिङ, सुनचाँदी पसलहरु, बैंक तथा वित्तिय संस्थाहरु छन् । टोलका निवर्तमान अध्यक्ष विनय श्रेष्ठले अपराधिक गतिविधि नियन्त्रणका लागि टोलबासीको अग्रतामा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । केही हप्तामै थप ८ थान समेत जडान हुने जानकारी दिनुभयो । सिसि क्यामेराहरुमा जिल्ला प्रहरी कार्यालयमार्फत निगरानी हुनेछन् । आज (मंगलबार) सिसि क्यामेराहरुको सिष्टम जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । सिसि क्यामेरा जडान गर्न साढे ३ लाख रुपैयाँ खर्च भएको छ ।








































प्रतिकृया दिनुहोस्