१६ भाद्र २०७९, बिहीबार ०८:५०
मुग्लिङ्ग नारायणगढ सडकखण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोले बन्द सडकखण्ड खुलाउन झण्डै ५ घण्टा लाग्ने भएको छ ।
आज बिहानदेखि गाडी रोकिएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ । त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
केराबारीको पहिरो पन्छाउन ४÷५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।








































प्रतिकृया दिनुहोस्