सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ।
साढे ५ बजेदेखि बैठक बसेको बैठक केहीबेर अघिमात्र सकिएको हो। बैठकपछि संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकिएको जानकारी दिँदै प्रतिवेदन लेख्ने विषयमा प्रवेश गरेको बताएका छन्। बैठक सहमतिनजिक पुगेको उनको भनाइ छ। उनले प्रतिवेदन लेखेर भोलिनै पार्टी शीर्ष नेताहरुलाई बुझाउने बताए।
सञ्चार मन्त्री कार्कीले सार्वजनिक रूपमा सहमति नजिक पुगेको बताएपनि अवस्था त्यस्तो नरहेको कार्यदलका एक नेता बताउँछन् । उनले भने, ञसबै दल संख्यामा दाबीबाट वरपर भएका छैनन्। व्यक्ति व्यवस्थापनमा पुग्दा छलफल झन् सकसपूर्ण बनेको छ। शिर्ष तहमै टुंग्याउनेगरी प्रतिवेदन बन्न सक्छ।झ
तर स्रोतका अनुसार आजको बैठकले सिट बाँडफाँटबारे कुनै निष्कर्ष निकाल्न सकेन। प्रतिनिधिसभा र प्रदेशसभातर्फका सिट कहाँ कसले लिने भन्ने विषयमाथिको छलफल नै जटिल बनेको र त्यसमा सहमति पुग्नै मुश्किल भएकाले भोलि बिहान ९ बजे फेरि बैठक बस्ने गरी बैठक टुंग्याएको स्रोतले जनायो।








































प्रतिकृया दिनुहोस्