sf7df8f}F, @ kmfu'g M
;+;bLo bnsf] a}7sdf cWoIf cf]nL
g]skf -Pdfn]_sf] ;f]daf/ ;+;b ejg gofFafg]Zj/df a;]sf] ;+;bLo bnsf] a}7sdf cWoIf s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7÷ /f;;
२५ भाद्र २०७९, शनिबार २१:४०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको बताएक छन् । यस्तै अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेकोमा समेत आपत्ति जनाए ।
आज गृह जिल्ला झापा जाने क्रममा विराटनगर विमानस्थल अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने गरी अहिलेको विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउन सरकारलाई आग्रह गरे ।
ओलीले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका थिए । प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए । संसदले पारित गरेर प्रमाणिकरणको लागि पठाएको नागरिकता बिधेयक राष्ट्रपति भण्डारीकहाँ बिचाराधिन रहेको छ ।








































प्रतिकृया दिनुहोस्