२५ भाद्र २०७९, शनिबार २१:४२
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक पुगेको बताएका छन् । यद्यपि यसलाई अन्तिम टुंगोमा पुर्याउन भने बाँकी रहेको बताउँदै उनले छलफल जारी रहेको जानकारी दिएका हुन् ।
आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । आज यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’
उनले आफूलाई धेरै सिट आओस् भन्नु स्वाभाविक भएको बताउँदै ग्राउन्ड रियालिटी हेरेर निर्णय हुने जिकिर गरे । बैठक भोलि बिहान साढे ८ बजे पुनः बस्नेछ ।








































प्रतिकृया दिनुहोस्