२७ भाद्र २०७९, सोमबार १३:३१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
सोमबार छापावाला सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको प्रतितोला मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजावी सुन ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ ।








































प्रतिकृया दिनुहोस्