Chinese official leaves Pyongyang Li Zhanshu (front, 2nd from R), the third-highest ranking official in the ruling Communist Party of China, is escorted by Choe Ryong Hae, vice chairman of North Korea s Workers Party Central Committee, at Pyongyang International Airport on Sept. 11, 2018. PUBLICATIONxINxGERxSUIxAUTxHUNxONLY
३० भाद्र २०७९, बिहीबार १०:४१
नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किनु भएको छ ।चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।
ली गएको सोमवार दिउँसो नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो। त्यही दिन सभामुख सापकोटा र लीबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भयो ।








































प्रतिकृया दिनुहोस्