मंसिर ४ गते हुने निर्वाचनका लागि आज नेताहरुले उम्मेदवारी दर्ता गराउदैछन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् ।
चितवनमा मनोनयन गर्दा गर्दा भीडभाड र असहजता नहोस् भनेर दलहरुलाई मनोनयन दर्ता गर्न फरक फरक समय दिइएको छ । सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले मनोनयन दर्ता कार्यलाई व्यवस्थित बनाउन समय व्यवस्थापन गरिएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले ठुला दलहरुलाई दिउसो २ बजेपछिको समय दिएको छ । विहान १०ः३० नेपाल मजदुर किसान पार्टी, ११ बजे राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेशनले ११ः३० बजेको समयमा मनोनयन दर्ता गर्नेछन् । यस्तै जनता समाजवादी पार्टीले ११ः४५, दिउसो १२ बजे नेपाल स्वतन्त्र पार्टीले मनोनयन पत्र दर्ता गराउन समय दिएको छ ।
एमालेले दिउसो २ बजे, कांग्रेसले ३ बजे, माओवादी केन्द्रले ३ः१५ बजे, एकीकृत समाजवादीले ३ः३० बजेको समय पाएका छन् । राष्ट्रिय जनमोर्चाले दिउसो ३ः४५ बजे, लोकतान्त्रिक समाजवादी पार्टीले ३ः५० बजेको समय पाएको छ । यस्तै राष्ट्रिय नागरिक पार्टीले दिउसो ४ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउसो ४ः१५ बजे, राप्रपा नेपालले दिउसो ४ः३० बजेको समय पाएका छन् ।








































प्रतिकृया दिनुहोस्