dav
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा. भोजराज अधिकारीले गठबन्धनको विश्वासलाई टुट्न नदिने बताएका छन् ।
लोकतान्त्रिक(बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ अगुवा कार्यकर्ताको संयुुक्त भेलालाई सम्बोधन गर्दै उनले कानुनी र व्यवहारिक मार्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसकारण चुनावमा रणनीतिक योजनासहित प्रस्तुत हुन उनले नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।
५ दलिय गठबन्धन अन्तर्गत चितवन ३ क साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले अहिलेको संविधानलाई परिस्कृत गरेर अघि बढ्न आफुहरूलाई निर्वाचित गराउन आग्रह गरेका छन् । कृषि प्रधान देश यथार्थमा अघि बढाउन आफुहरू संसदमा जानुपर्ने उनको दाबी छ । नेपालमा अहिले देखिएका समस्या हल गर्न कृषि क्षेत्रमा बैज्ञानिकिकरण गर्न जरुरी रहेको उनले बताए ।
सरकारमा गएर जनताको हित गर्न गठबन्धन निर्माण भएको नेपाली कांग्रेसका नेता रामकृष्ण घिमिरेले बताएका छन् । कानुन निर्माणका लागि योग्य उमेदवार प्रस्तुत गरिएको उनले बताए ।
विज्ञहरू नै निति निर्माणका लागि अब्बल रहेको उनको भनाई छ । डा. भोजराज कांग्रेसको पनि उमेदवार भएको उनले बताए ।शेर बहादुर देउवालाई प्रचण्डकै पहलमा प्रधानमन्त्री बनाएकाले एकअर्काले लगाएको गुण तिर्ने समय आएको उनले बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जोगाउन गठबन्धन आएको बताईन् । गठबन्धनप्रति ईमान्दार भए सुखद परिणाम प्राप्त हुने उनको दाबी छ ।
विकासका लागि योजना अघि बढेको उनले बताईन ।यस्ता आयोजना अघि बढ्दा गठबन्धन साथमा रहने उनको विश्वास छ । कतिपय काममा निर्माण व्यवसायीको ढिलासुस्ती भएकोले समस्या आएको उनले जानकारी दिईन । विकासको नयाँ मोडल दिन भरतपुर तयार रहेको उनको भनाई छ ।
गठबन्धन दलका स्थानीय नेताहरूले आफ्ना उमेदवारलाई जनपक्षीय कार्य गर्ने गरि निर्वाचित गराउनुपर्ने बताएका छन् । जनताको जित हुने गरि अघि बढ्ने उनीहरूको जोड छ ।उनीहरूले गठबन्धनलाई अघि बढाउन वडा वडामा जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।गठबन्धनको मर्म र आवश्यकताबारे बुझाउन जरुरी रहेको नेताहरूले बताएका छन् ।कार्यक्रममा गठबन्धन दलका जिल्ला नेताहरू सहभागी थिए ।








































प्रतिकृया दिनुहोस्