cWoIf bfxfn;Daf]wg
lrtjg, ( c;f]hM
g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk'/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x'Fb} cWoIf k'iksdn bfxfn
k|r08Ú .
tl:a/M gf/fo0f clwsf/L÷/f;;
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहनुभएका प्रचण्डले आज आइतवार पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताउनुभयो ।
‘हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दिगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा पुगेका छौँ’, उहाँले भन्नुभयो, ‘स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।’ उहाँले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताउनुभयो । उहाँले मङ्सिरको चुनाव दुई विचार प्रवृत्तिबीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो चुनावको विशेष महत्त्वको रहेको बताउनुभयो । ‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ’, उहाँले भन्नुभयो, ‘हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ ।’








































प्रतिकृया दिनुहोस्