Sandeep Lamichhane of the Delhi Daredevils during match forty five of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Delhi Daredevils and the Royal Challengers Bangalore held at the Feroz Shah Kotla Ground, Delhi on the 12th May 2018.
Photo by: Deepak Malik /SPORTZPICS for BCCI
नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन।
प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन्।
स्वदेश फर्किने क्रममा गत असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।








































प्रतिकृया दिनुहोस्