१४ कार्तिक २०७९, सोमबार १३:१६
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
आयोगको सो निर्णय शंकास्पद भएको डा. तोसिमा कार्कीले बताएकी छन् ।त्यसविरुद्ध रिट लिएर उनी सर्वोच्च अदालतमा पुगेकी छन् । रिट दर्ता अघि उनले भनिन्, ‘निर्वाचन अयोगको निर्णय शंकास्पद छ । कतै बाहिर शक्तिको प्रभाव परेको त होइन ?’कार्की ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिइन् ।
उनको पक्षबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले मुद्दा लड्ने छन् ।








































प्रतिकृया दिनुहोस्