नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको कात्तिक १४ गते तामझामका साथ चितवनमा बनेको आफ्नो नयाँ घरमा प्रवेश गरे । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड सरेका हुन ।
गृहजिल्ला समेत रहेको चितवनलाई प्रचण्डले आफ्नो राजनितिक वेशको रुपमा स्थापित गर्न चाहान्थे । घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमा नै पर्छ ।
२०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतले पछि पार्दै विजयी भएका हुन । त्यतिवेला प्रचण्डले ४८ हजार २७६ मत ल्याए भने पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । उनै प्रचण्डले पटक पटक अव चितवन क्षेत्र नं. ३ नछोड्ने घोषणा पनि गरे ।
निर्वाचित भएपछि वितेको ५ वर्षमा चितवनमा उनको चहलपहल निकै बढ्यो । साना कार्यक्रमदेखि ठुला कार्यक्रमसम्म उपस्थित भएर जनताको माझमा घुलमिल भईराखे । राजनितिक वृतमा अब प्रचण्डले चितवन नछोड्ने चर्चा नचलेको पनि हाईन ।
आगामि मङसिर ४ मा हुने निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने निश्चित जस्तै ठानिएको बेला अन्तत: प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन ।
चितवनबाट नै चुनाव लड्ने योजना सहित भरतपुर १४ मा परिवार सहित घर सरेका प्रचण्ड गोरखा पुगेपछि चितवनमा तर्क वितर्क सुरु भए, राजनितिक गर्मागर्मी बढ्ने चितवन प्रचण्डको कमीले सुनसान जस्तै भएको छ ।
प्रचण्डटोलमा रहेको उनको घर वरपर सुनसान छ । घरको गेटमा ताला लगाईएको छ । तपाई हामी सबैले सजिलै सोच्न सकिन्छ यदि प्रचण्ड चितवन ३ बाट नै उठेको भएको यहाँको चुनावी माहोल कस्तो हुन्थ्यो होला ?
प्रचण्डले चितवन छाड्दै गर्दा कतिपयलाई चाहिँ विकास निर्माणको जुन बजेट प्रचण्डले यहाँँ ल्याउने गरेका थिए वा भविष्यमा ल्याउने थिए, त्यो भने अब नहुने र चितवनको विकास पछाडि पर्ने हो की भन्ने चिन्ता पनि रहेको छ । तर प्रचण्डले गोरखा पुगेर चुनाबी भाषणमा चितवन प्रतिको माया नघट्ने बताएका छन । प्रचण्डले गोरखा जिल्ला जनयुद्धको थालनी भएको स्थान भएकोले सोही स्थान राजेको हो र यसमा अन्य कुनै कारण नरहेको बताउँदै आएका छन ।
कतिपएले प्रचण्ड चुनाव हार्ने निश्चित भएर गोरखा पुगेको वताएका छन तर माओवादी समर्थकहरुले प्रचण्ड राष्ट्रिय नेता हो । उनले अलगअलग स्थानबाट चुनाव लडेर जितेका छन् । आर्थिक विकास तथा समृद्धिको निम्ति नयाँ घोषणाको लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न लागेको तर्क दिने गरेका छन ।








































प्रतिकृया दिनुहोस्