मंसिर ४ मा हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। यसै सन्दर्भमा भरतपुरका मतदातासँग लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी र प्रदेशका उम्मेदवार ठाकुर ढकाल घरदैलो अभियानमा व्यस्त छन्। उनीहरूले जनताका गुनासाहरू पनि सुनिरहेका छन्।
यसैक्रममा भरतपुर २१ पार्वतीपुरका गंगाबहादुर विकले लालपुर्जा चाडैं दिन आग्रह गरे। घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसँग उनले यहाँ जग्गा धनी पुर्जा नपाएर दुख पाएको बताए। सरकारको सुविधा जनताको चुल्होसम्म पुग्नुपर्ने उनले गंगा बहादुरले बताए।
यस्तै स्थानिय भोजराज घिमिरेले किसानलाई मल चाहिएकाले सहज उपलब्ध हुने व्यवस्था गर्न माग गरे। गठबन्धनका उम्मेदवारले आफ्ना समस्या सम्बोधन गर्ने उनलाई पुर्ण विश्वास छ। घिमिरेले प्रचण्ड पथ अन्तर्गतको सडक चाडैं बनाउन सुझाव दिए। स्थानीय पदम बहादुर थापाले किसानलाई राहत दिने कार्यक्रम ल्याउन आग्रह गरे। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र ३(२) का उम्मेदवार ठाकुर ढकालले जनताको भावना अनुसार काम गर्ने बताए।








































प्रतिकृया दिनुहोस्