कार्तिक शुक्ल पूर्णिमा अर्थात् आज (कात्तिक २२ गते) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ।
साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो।ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। साँझ ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ। साँझ ५:२७ बजे ग्रहणको उन्मिलन हुने,साँझ ६:३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ।
आज बिहान ८:११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने छ। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ। नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ।








































प्रतिकृया दिनुहोस्