२७ कार्तिक २०७९, आईतवार १८:५०
चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दार्चुलाको नौगाड गाउँपालिकामा दुई जना घाइते भएका छन्। नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता र नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन बीच झडप भएको हो । झडपमा परी नौगाड गाउँपालिका वडा नम्बर ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना र गठबन्धनका कार्यकर्ता नौगाड ६ का ३५ वर्षीय जयभानसिंह धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए।








































प्रतिकृया दिनुहोस्