नेकपा एमाले चितवनले सोमबार सभा गर्यो । सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति भने आक्रोश पोख्दै, सत्तारुढ गठबन्धनलाई फुटेका हाँडीका टुक्राहरुको संज्ञा दिए।ओलीले गठबन्धनका नेताहरू म्याद गुज्रेका औषधिजस्तो भएको टिप्पणी गरे । आफ्नो पालामा भएको विकास आयोजनाका बारेमा व्याख्या गर्दै ओलीले २७ बर्षदेखि सारङ्गीको र्याई र्याई गरेर बजाउने गीत जस्तै बनेको मेलम्चीको पानी कडा मेहनतपछि काठमाडौंमा ल्याइछाडेको बताए। हुलाकी सडकको काम हरेक चुनावमा चुनावी नारा बन्ने भएपनि एमालेले प्राथमकितामा राखेर काम गरेको पनि उनले बताए। सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सहानुभूति देखाए।








































प्रतिकृया दिनुहोस्