मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले पुराना दलहरुका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अब मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जित आवश्यक रहेको बताए ।लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठीक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखे ।
उनले ठुला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न उनले आग्रह गरे ।राजेन्द्र लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका छन् । कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले विपीको सिद्धान्तलाई सम्झेर आफूले राप्रपालाई समर्थन गरेको बताइन्।उनले लिङ्देनको नेतृत्वमा राप्रपाले राम्रोसँग देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरिन् ।








































प्रतिकृया दिनुहोस्