चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताउनु भएको छ ।
प्रदेश २ (ख) का विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने विचार राख्नुभयो । यस्तै जलदेवी सामुदायिक वन, राइनोताललगायतका व्यवस्थित गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उहाँको विश्वास छ ।
केरुङ्गा घोल, डबकहा घोल, पुंगीखोलालगायतलाई व्यवस्थित गर्ने उहाँको प्रतिबद्धता छ । यसले रोजगारी सृजनाका साथै स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने उहाँको विश्वास छ । धार्मिकस्थल तथा सांस्कृतिक क्षेत्रको संरक्षण र विकासलाई पनि जोड दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।








































प्रतिकृया दिनुहोस्