जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का उम्मेदवार आशिष मियाँले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्। उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन्।
मियाँले आज एक विज्ञप्ति जारी गरेर समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेर लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन्।
‘जनताको लोकप्रिय एवं सबैको साझा युवा उम्मेदवारकै रूपमा डा. भोजराज सर्वप्रिय रहेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पुर्ण समर्थन डा. भोजराज अधिकारीसँगै लोकतान्त्रिक-बाम गठबन्धनलाई रहने जानकारी गराउँदै आफ्नो अमूल्य मत उहाँहरूलाई नै प्रदान गर्न सम्पूर्ण मतदाता ज्युहरूमा हार्दिक अपिल गर्दछु।’








































प्रतिकृया दिनुहोस्