बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणी नदी किनारमा चुनावी आमसभा ग¥यो।पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा भएको चुनावी सभाले नारायणी नदी किनार भरियो।रवि लामिछानेले भने, ‘दल र नेताले स्वतन्त्र र निष्पक्ष भएर काम नगरिदिँदा आफूहरु राजनीतिमा होमिन बाध्य भएको उनले बताए । मंसिर ४ पछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद हल्लाउनेसमेत उनले चेतावनी दिए। सञ्चारकर्ममा रहँदासमेत विभिन्न खालका षड्यन्त्रमा पार्ने प्रयास गरिएको भन्दै अझै पनि त्यस्ता षड्यन्त्र रच्ने काम निरन्तर भइरहेको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म हुँदा भ्रष्ट नेताहरूको पोल खुल्ने डरले कसरी हुन्छ, फसाउने उपायमात्रै खोजिरहेको उनको भनाइ थियो। उनले भने, ‘हामीले कसैलाई एक छाक खाना खुवाएका छैनौँ ।कसैलाई पेट्रोल खर्च दिएका छैनौँ ।उनले कार्येक्रम सफल पार्न आइदिने सबैलाई धन्यवाद दिए।








































प्रतिकृया दिनुहोस्