डोटीमा मतदानस्थल जाँदै गरेको जीप दुर्घटना भएको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टको अनुसार डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री बोकेको बा २ झ २२३५ नं. को जीप अत्तरकाडाँ भन्ने ठाउँ नजिक दुर्घटना भएको हो। प्रहरी नायव उपरीक्षक भट्टले भने, मार्कोट मतदान केन्द्र (क) का मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडक आयोजना कार्यालय विपिनगरका ईन्जिनियर हुन्। सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई सामान्य चोट लागेको छ।उहाँहरु अर्को गाडी लिएर मतदान केन्द्रमा पुगिसक्नु भएको छ ।’








































प्रतिकृया दिनुहोस्