३ मंसिर २०७९, शनिबार १२:३२
जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ । रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो । झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको सो ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे ठक्कर दिएको थियो। ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।








































प्रतिकृया दिनुहोस्