चितवनमा निर्वाचनको तयारी पूरा भएको छ । तीन निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको चितवनमा १६२ वटा मतदानस्थल र ४६० वटा मतदान केन्द्र रहेका छन् । यसपटक क्षेत्र नं. १ मा ५६ मतदानस्थल, क्षेत्र नं. २ मा ४३ मतदानस्थल, क्षेत्र नं. ३ मा ६३ मतदानस्थल गरी १६२ मतदानस्थल तोकिएको छ ।अघिल्ला चुनावमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए । चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार जिल्लाका ३४ मतदानस्थललाई अति सम्वेदनशील, ८९ लाई संवेदनशील र ३९ वटालाई सामान्य भनेर बर्गिकरण गरिएको छ । सबै मतदानस्थल र केन्द्रहरूमा निर्वाचनको सुरक्षामा खटिने प्रहरी, म्यादी प्रहरी लगायतका सुरक्षाकर्मी, कर्मचारीहरू, मतपेटिका, मतपत्रहरू सबै पुगेको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले एउटा मतदान केन्द्रका लागि आठ जनाको दरले कर्मचारी खटाएको छ ।








































प्रतिकृया दिनुहोस्