ललितपुरको हिरिसिद्धीमा बसेको पदाधिकारी बैठकको निर्णय अनुसार नेकपा माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन माग गरेको छ । मूल्यवृद्धि बढिरहेको बेला वर्षौंअघि तोकिएको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेको भन्दै त्यसलाई बढाउनु पर्ने प्रेस सेन्टरको माग छ । सरकारले आम कर्मचारीहरुको तलब वृद्धि गरेको तथा मुद्रास्फितिसमेत निरन्तर बढिरहेको सन्दर्भमा वर्षौं अघि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेकोले पारिश्रमिकमा वृद्धि गर्न बैठकले जोडदार माग गरेको छ। सबैखाले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य बीमालाई लागु गर्न पनि प्रेस सेन्टरले माग गरेको छ। बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथाशीघ्र प्रकृयागत हिसाबले अगाडि बढाउन र ती कानूनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन सरोकारवालालाई दबाव दिने निर्णय पनि गरेको संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलले बताए ।








































प्रतिकृया दिनुहोस्