एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको भन्दै बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरेको छ। एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीकाअनुसार हेल्पलाइन २४ सै घण्टा उपलब्ध हुनेछ।उपभोक्ताले सो हेल्पलाइनमा फोन गरी आफू रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्पलाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सबैभन्दा नजिक र खाली रहेको एम्बुलेन्स एकिन गरी चालकको नम्बर सेवाग्राहीलाई उपलब्ध गराइनेछ। उनका अनुसार सर्वसाधारणले १०२ मा फोन गरेर सिधै सेवाग्राहीले एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन्।उक्त एम्बुलेन्सले सो सोवाग्राहीलाई सेवा दिए नदिएको जानकारी तुरुन्त इप्रविधिमार्फत अनुगमन गरिने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।








































प्रतिकृया दिनुहोस्