सडक विस्तारको नाममा नारायणगढका नक्सापास एवं निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त व्यवसायिक भवनमाथि डोजार चलाईएको भन्दै उद्योग वाणिज्य संघ चितवनले आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत सडक डिभिजन कार्यालयको उक्त कार्यको भर्त्सना गरेको छ । संघले सडक डिभिजनले अव्यवस्थित रुपमा संरचना भत्काउने कार्य गरेको भन्दै दुःख व्यक्त गरेको छ। ‘राज्यकै कुनै निकायबाट भवन निर्माणको लागि अनुमति प्रदान गर्ने र राज्यकै अर्को निकायबाट निर्माण भइसकेको संरचना भत्काउने कार्य लज्जास्पद रहेको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए। श्रेष्ठले भने घरधनी आफैंले मापदण्ड विपरितका संरचना भत्काउदै गरेको अवस्थामा सुन्दरता बिग्रिने र भवनको बाँकी संरचना समेत कमजोर हुने गरी डोजर चलाईएको भन्दै तत्कल उक्त कार्य रोक्न र मापदण्ड विपरित बनेका संरचना भत्काउने सवालमा उद्यमी व्यवसायीलाई व्यवस्थित हुने समय पनि नदिईएको समेत उनले बताए। अव्यवस्थित तरिकाले संरचना भत्काउदा व्यवसायीको सामान यत्रतत्र छरिएको, बैंक तथा वित्तिय संस्थाका एटिएम मेसिन, लकरमा समेत क्षति पुगेको भन्दै संघले उक्त कार्यको घोर भत्सर्ना गरेको छ।व्यवसायीलाई व्यवस्थित हुन समय उपलब्ध गराउने बिषयमा सरोकारवालसँग समन्वय गर्ने भनिएकोमा अप्रत्यासित रुपमा संरचना भत्काउने कार्य भएको र यसले व्यवसायीहरुको सामानमा क्षति पुगेको उनको भनाइ थियो।संघका अध्यक्ष चुननारायण श्रेष्ठले घरको पेटि र टप मात्रै भत्काउने सहमति भए पनि सटर समेत भत्काईएको भन्दै खेद प्रकट गरे। विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण दिर्घकालीन र आवश्यक समन्वयमा हुनुपर्छ भन्ने संघको मान्यता रहेको भन्दै पेटिमा मात्र डोजर लगाउने र अन्य संरचनामा क्षति हुने तवरले कार्य नगर्ने आश्वासन दिएर अव्यवस्थित रुपमा संरचना भत्काउनु दुःखद भएको उनको भनाइ थियो ।








































प्रतिकृया दिनुहोस्