ब्राउन सुगरसहित चार व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । उनीहरु वीरेन्द्रनगरबाट पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएछ। उनीहरुलाई लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको प्रहरी बताए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्