प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।८२ वर्षको उमेरमा आज उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन्। उनी क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनको मृत्यु भएको थियो। पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको सङ्क्रमण भएको र पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो। पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो। पेलेको जन्म २३ अक्टोबर १९४० मा भएको थियो।इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्। पेलेले चारवटा विश्व खेलेका थिए भने तीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भई १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए।उनको निधन २९ डिसेम्बर २०२२ मा भएको छ। पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो।








































प्रतिकृया दिनुहोस्