१९ पुष २०७९, मंगलवार २२:०३
बलात्कारको आरोपमा प्रहरीले बारामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। १५वर्षकी किशोरीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका–९ बस्ने ३७वर्षका लालबाबु चौधरी पक्राउ परेका हुन्। उनले १५ वर्षकी किशोरीलाई १५ पुसको साँझ बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो। प्रहरीले लालबाबुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको छ। लालबाबुले निजगढमा डेरा लिएर कवाड खरिद बिक्रीको काम गर्दै आएका थिए।








































प्रतिकृया दिनुहोस्