नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ।बुधबार अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। गृह मन्त्रालयको नीति बिनाको ठाडो निर्देशन रहेको भन्ने समाचारहरुले थप जटिलता उत्पन्न भएको र शंकास्पद ढंगले सम्वन्धित विभागका कर्मचारीहरुद्वारा सिस्टम अवरुद्ध पारिएको यसको मुख्य कारण नेविसंघले बताएको छ। विगत लामो समय देखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हावी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सम्बन्धित निकायलाई विज्ञप्ति मार्फत आग्रह गरेका छन्।








































प्रतिकृया दिनुहोस्