सभामुख र उपसभामुखका लागि आज बागमती प्रदेशसभाको उम्मेदवारी दर्ता हुँदैछ।उम्मेदवारी दर्ताको समय आज बिहान साढे १० बजेदेखि निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन। बागमती प्रदेशको सभामुख सत्ता गठबन्धनबीच भागबण्डा गर्दा मुख्य पदहरु राप्रपाले लिने सहमति भएको थियो।राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ता जानकारी दिनुभयो। निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ।बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन्। प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ।








































प्रतिकृया दिनुहोस्