माघे संक्रान्ति पर्वका अवसरमा दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ।देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो। माघे संक्रान्तिमा भक्तजन तथा अन्य यात्रुहरुलाई मर्का नपरोस् भनेर दुई दिन सडक खुला नै गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।देवघाटमा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजनहरु आउने गर्दछन्।पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर काम भैरहेको छ। अहिले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार सो सडक खण्डमा पर्ने तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भएकाले सडक नै बन्द गरेर काम गर्नुपरेको हो । यी चार कठिन भूगोलमध्ये अझै बढी चुनौती चिसेन्जी खोला र तुइन खोलामा छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ। तोकिएको एक महिनाको अवधिमा पनि भित्तो काट्ने काम नसकिएपछि ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले थप २१ दिनको म्याद माग गरेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको लागि भित्ता काट्ने काम सकिए पनि चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काटेर सक्न बाँकी नै छ। १५ मध्ये ९ वटा पुल निर्माण सम्पन्नको करिब अन्तिम चरणमा छन्। बाँकी १५ वटा पुल बनिरहेका छन्। ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ चैत १० गते एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो।हालसम्म नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन्।








































प्रतिकृया दिनुहोस्