१ माघ २०७९, आईतवार ११:३६
नेवा पत्रकार चितवनले गरायो देवघाटमा तिर्थालुहरुलाई चियापान
नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । मेलामा नेपाल सहित भारतबाट समेत भक्तजनहरु आउने गर्दछन ।

चिसोको समयमा रातभर जाग्राम बसेर पुजाआजा गरेका भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापान आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक अनुज जोशीले जानकारी दिनुभयो ।

चियापान कार्यक्रमलाई एस एण्ड पि अडिटिङ कम्पनीले सहयोग गरेको हो ।









































प्रतिकृया दिनुहोस्